११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

देशभर सफाइ अभियान जारी

देशभर सफाइ अभियान जारी
अ अ+ अ-

काठमाडौं । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहेको छ ।

वाग्मती सफाइ महाअभियानको ३२३औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा २० संस्थाका ४०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो । तीनवटै सुरक्षा निकायकोसमेत सक्रियता रहेको सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रदेश नं ३ की प्रदेशसभा सदस्य शोभा शाक्यको पनि सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । सफाइका क्रममा नदी थुन्ने गरी बगेर आएको काठलाई हटाइएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

सफाइका क्रममा कुहिने फोहरलाई नदी किनारमै खाडल खनेर पुरियो । नकुहिने फोहर भने व्यवस्थापन गरिएको थियो । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा हुने यस क्षेत्रको सफाइमा आउनेले घरको फोहर आफैँ व्यवस्थापन गर्नुपर्ने शर्त राखिएको छ ।

विष्णुमती सफाइको २५०औँ हप्तामा नेपालटार शेषमती पुलबाट चारघरेसम्म सफाइ गरियो । चारघरे योग साधना केन्द्र, नेपाली सेनासहित २५० भन्दाबढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

सफाइमा तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष विन्दा बुढाथोकीलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सफाइमा सक्रियता थियो । अर्को हप्ता यस क्षेत्रमा वृक्षरोपण गरिने जानकारी पनि संयोजक पाण्डेले राससलाई दिनुभयो ।

वाग्मती सुन्दरीघाट सफाइको १३३औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिनुभयो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइको १२० हप्तामा नयाँबसपार्क आकाशेपुलबाट दायाँबायाँको क्षेत्रमा सफाइ गरियो । सफाइबाट आठ टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न संस्थाका गरी ६०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो ।

आलोकनगर सफाइको १२०औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३१ का विभिन्न क्षेत्रमा सफाइ गरियो । यस क्षेत्रको फोहर व्यवस्थापनका लागि वडा कार्यालयलाई एक महीनाअघि अनुरोध गरिएकामा ढल व्यवस्थापनलगायत काम नभएपछि अभियानले नै आजदेखि काम शुरु गरेको छ ।

यस क्षेत्रको वाग्मतीमा बनाइएको बाँध बस्तीमा प्रवेश गर्न थालेकाले अधिकार सम्पन्न वाग्मतीको ध्यानाकर्षण गराइएको जनाइएको छ । चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा माछापोखरीबाट गङ्गाहलसम्म १०१औँ हप्ताको सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा नागरिक प्रहरी साझेदारीअन्तर्गत महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणासहित ५० जनाको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालसहित स्थानीयवासी गरी ३०० भन्दाबढी अभियानकर्मीको सफाइमा सहभागिता थियो । मनोहरा सफाइको १२२ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्थासहित टोलवासीको सहभागितामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी वाग्मतीको तिलगङ्गा क्षेत्रमा पनि आज सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यकालगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दाबढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।