११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु
अ अ+ अ-

सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ ।

आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै विषालु सर्पको टोकाइबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको मृत्यु भएको छ ।

सर्पले टोकी घाइते भएका बराललाई उपचारका लागि बन्दीपुरस्थित नेपाली सेनाको शेरगण सुरक्षा गुल्म सर्पदंश उपचार केन्द्र बन्दीपुर भर्ना गरिएकामा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै पोखरीमा डुबेर सिरहाको अर्नामा गाउँपालिका र कल्याणपुर नगरपालिकामा दुई बालबालिकाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– १ स्थित पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर स्थानीय नन्दलाल पालको पाँच वर्षीया छोरी साक्षीकुमारी पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित महुलियाटोलमा रहेको पोखरीमा डुबेर स्थानीय महमद मसरफ हुसेनको तीन वर्षीय छोरा महमद अफरोस हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आफ्नै घरको अगाडि खाल्डोमा खेल्दाखेल्दै पानीमा डुबेर सिकिस्त भएका हुसेनलाई उपचारका लागि मिर्चैया प्राथमिक स्वाथ्य केन्द्र अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

त्यस्तै करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–४ स्थित भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको मृत्यु भएको छ । ग्रिल उद्योगमा काम गर्ने क्रममा विद्युत्को तार सर्ट भई अचानक करेन्ट लाग्दा सञ्चालक सर्लाहीको बागमती नगरपालिका–८ सोल्टी निवासी २० वर्षीय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।