८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार्डले पनि जिताउन नसकेको म्याड्रिड!



अ+ अ-

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियल म्याड्रिड पराजित भएको छ । आइतबार विहान भएको खेलमा बार्यनले रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराएको हो ।

बायर्नको जितको लागि कोरेन्टिन टोलीस्सो, रोबोर्टो लेवानडोस्की र सर्जी ग्नाब्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल रोड्रीगोले फर्काएका थिए । बार्यनले खेलको १५ औं मिनेटमा कोरिन्टन टोलिसोको गोलबाट अग्रता लिएको थियो । बाँकी गोल भने दास्रो हाफमा मात्र भयो ।खेलको ६७ औं मिनेटमा रोबर्टो लेभान्डोस्कीले गोल गरे भने दुई मिनेटपछि सर्ज गोनाब्रीले गोल गरे ।

खेलको ८१औ मीनेटमा रियलका रोड्रीगोलाई फाउल खेलेका बायर्नका गोल किपर स्भेन अलरेइचले रातो कार्ड पाएर मैदान छोडेपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो ।

त्यसको फाइदा उठाउँदै तीन मिनेटपछि नै रियल मड्रिडका रोड्रागोले गोल गरे, तर टोलीको हार टार्न सकेनन् ।गत सिजन निकै खराब खेलेको रियल म्याड्रिडले यस सिजनमा बेल्जियमका इडेन हजार्डलाई भित्र्याएको छ । पहिलो हाफ खेलेका हजार्डले पनि रियललाई जित दिलाउन सकेनन् ।

त्यस्तै पछिल्लो सिजनमा पर्याप्त खेल नपाएका वेल्सका स्टार खेलाडी ग्यारेथ बेलले यस खेलमा खेल्ने मौका नै पाएनन् ।