८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धमूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन



file photo
अ+ अ-

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बिहिबार बुटवल–बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका थिए । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका छन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको थिए ।