८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतालाई नख्खु र काठमाडौंमा बम विस्फोटको मुद्दा



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामा पक्राउ परेका छन् ।

स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा काठमाडौं आएका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् ।शनिबार साँझ उनी सार्वजनिक यातायात चढेर काठमाडौं छिरेको प्रहरी स्रोत बताउँछ । मध्यराति पक्राउ गरेर उनलाई टेकु पुर्‍याइएको छ ।

लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाइने भएको छ ।महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने जानकारी दिए ।

यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।