काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । आज तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी भने तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।