८ आश्विन २०८१, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीसँगै खेल्न म आतुर छु: ग्रिजम्यान



अ+ अ-

काठमाडौं । एन्टोनी ग्रिजम्यानले बार्सिलोनामा लिओनल मेस्सीसँगै खेल्न आफू आतुर रहेको बताएका छन् ।

स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा फ्रान्सली स्ट्राइकर ग्रिजम्यानले भनेका छन्, ‘हो आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि मेस्सी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

तर मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन । उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताईएको छ । मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ ।

मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् । प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका थिए ।

सोहि क्रममा उनले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको बताए। ‘मेस्सी अन्य खेलडी भन्दा केही फरक छन् ।,’ ग्रिजम्यानले भने, ‘मेस्सीले त्यो काम गरेर देखाएका छन् जो अन्य खेलाडीले गर्न सकेका छैनन् ।’

ग्रिजम्यानले मेस्सी आफ्नो लागि एक नम्बर समेत रहेको बताए । ‘मेस्सी फुटबलका नं एक हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं एक हुन्।’,उनले भने ‘उनीहरु फुटबल र बास्केटबलका इमेज हुन् ।’

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गर्दैछ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गर्न लागेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेल्दैछ । प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।