११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

सरकारविरुद्ध वीरगन्जमा व्यापारीको प्रदर्शन, नाका ठप्प पार्ने चेतावनी

सरकारविरुद्ध वीरगन्जमा व्यापारीको प्रदर्शन,  नाका ठप्प पार्ने चेतावनी
अ अ+ अ-

वीरगञ्ज । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।

वीर्तास्थित उद्योग वाणिज्य संघको परिसरबाट हातमा कालोपट्टी बाँधेर निस्किएका उद्योग व्यावसायी सहभागी जुलुस अलखियामठ, आदर्शनगरहुँदै वीरगन्जको मुख्य चोक घण्टाघरमा पुगेर कोणससभामा परिणत भएको थियो।

उद्योग वाणिज्य संघको नेतृत्वमा निकालिएको विरोध जुलुशमा वीरगन्ज ट्रान्सपोर्ट एशोसिएसन र पर्सा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायी पनि सहभागी थिए।यालीका सहभागीले अव्यवहारिक नयाँ कर नीति खारेज गर, व्यापारिक एकता आजको आवश्यकता, कामदार माथिको प्यान खारेज गर, खाद्यान्न तथा ढुवानीमा लगाइएको भ्याट खारेज गर, बैंक खाता मार्फत पारिश्रमिक भुक्तानी खारेज गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

जुलश पछि घण्टाघर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उद्योगी व्यापारीले सरकारले सडक आन्दोलनको मात्रै आवाज सुन्ने भएकाले आफूहरु सडकमा उत्रिएको बताए। कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अव्यवहारिक कर र ऐनकानुन सच्याउन माग गर्दै सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताए।

उद्योग वाणिज्य महासंघका सदस्य गणेश लाठले सडक आन्दोलन नगरी सरकारले नसुन्ने भएकोले बाध्य भएर सडमा आउनुपरेको बताए । ‘सरकारले आन्दोलनबाहेक अरुबाट सुन्दैन, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ’ उनले भने ‘आगामी दिनमा धर्ना बस्नुपर्ने हुन सक्छ, भन्सार घेर्नुपर्ने हुन सक्छ, त्यतिमात्रै होइन सडकमा सुत्नैपरे पनि मानसिक रुपमा तयार रहनुपर्छ ।’

लाठले विदेशी संस्थाको उक्साहटमा लागेर सरकारले अव्यवहारिक नीति ल्याएको जिकिर गरे । संघका पूर्वअध्यक्ष ओमप्रकाश शिकारियाले उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले सरकारले काम गरेको आरोप लगाए ।

यता नेपाल उद्योग वाणिज्य महासंघको स्थल तथा परवाहन समितिका सभापति अशोक टेमानीले सरकारले उद्योग व्यापारलाई राष्ट्रियकरण गर्न खोजेको बताए। उनले भने, सरकारले उद्योगी व्यापारीसँग कर असुल्ने मात्रै काम गरेको छ तर सरकारलाई उद्योगी व्यापारीमाथि भरोसा नै छैन, उद्योगी व्यापारी सरकारको कर्मचारीजस्तै भएका छन्।