८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ता संघसंस्थाको संयुक्त अपिल, राफसाफ नगर्न लगानीकर्तालाई आग्रह



अ+ अ-

काठमाडाैंः शेयर बजारका लगानीकर्ताका संघसंस्थाहरुले राफसाफको विषयमा देखिएका जटिलता टुँगो नलागेसम्म कारबाही प्रकृया अगाडि नबढाउन केन्द्रीय निक्षेप प्रणाली (सिडिएसी)लाई संयुक्त अपिल गरेका छन् ।

चारवटा लगानीकर्ता संघसंस्थाका अध्यक्षले आइतबार संयुक्त वक्तब्य निकाली यस्तो आग्रह गरेका हुन् । वक्तव्यमा राफसाफका लागि लगानीकर्ताहरु स्वयँ शेयर ब्रोकर कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था अव्यवहारिक रहेको उल्लेख छ । उनीहरुले अनलाइन र प्रबिधिको युगमा पनि लगानीकर्ता स्वयँ ब्रोकर कार्यालयमा धाउनु उपयुक्त नरहेको जनाएका छन् ।

यसरी वक्तव्य निकाल्नेहरुमा नेपाल इन्भेष्र्टर्स फोरम, शेयर लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह र नेपाल पूँजी बजार संघ रहेका छन् ।

यो व्यवस्था यही साउन १ गतेदेखि लागू गर्ने सीडीएसले जनाएको थियो ।