१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो ।

अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ ।

बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन् ।