४ असार २०८३, बिहीबार
,
Latest
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगानाको अध्यक्षतामा आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन



अ+ अ-

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटि गठन गरेको हो ।

अध्यक्षमा निर्वाचित ढुंगाना अनलाइन खबरमा कार्यरत आर्थिक पत्रकार हुन् । संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरो लगानी डटकमका सुधा देवकोटा निर्वाचित भएका छन् ।

यसैगरी संघको सचिवमा मेरो लगानी डटकमका तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका बस्नेत निर्वाचित भएका छन् भने संघको कोषाध्यक्ष राजधानी दैनिककी पुजा चँदरा र सहकोषाध्यक्षमा विकासन्यूज डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा विजमाण्डू डटकमा खेमराज श्रेष्ठ (अमिर), बैंकिङ खबर डटकमकी दीलु कार्की, बाह्रखरी डटकमका सुरञ्जन घिमिरे, विजपाटी डटकमका शिव धिताल, नेपाल समाचारपत्रका परिवर्तन देवकोटा, याहो टेलिभिजनका दीपेश घिमिरे, मेरो लगानी डटकमका अरुण पाख्रिन, अर्थडबलीकी सीता श्रेष्ठ र अर्थसंसार डटकमकी कमला भुसाल चयन भएका छन् ।

भेलाले चार सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ । सल्लाहकारहरुमा भक्तराज रसाईली,, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका हुन् । सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए ।