८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविकी जेठी पत्नीले दिइन् वहुविवाहको उजुरी



अ+ अ-

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ ।

निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले वहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

‘शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला चल्दा कामको सिलसिलामा मात्र हो भन्ने जवाफको विश्वास गरेको थिए’ हेमाले दिएको जाहेरीमा अगाडि लेखिएको छ ‘अहिले दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेको छ’, जाहेरीमा लेखिएको छ ।

पछिल्लो समय शिल्पा र छविको विवाह दर्ताको कागजात हात पारेको भन्दै उनले भनेकी छन्, ‘मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

गौशालाका डीएसपी प्रदिपबहादुर सिंहले हेमा उजुरी लिएर प्रहरी वृत्तमा आएको भएपनि दर्ता भइनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टि गर्दैछौं । आवश्यक परे दर्ता हुन्छ ।’