८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउने सोमबारको ब्रत बस्नुका यस्ता छन् फाइदा



अ+ अ-

काठमाडौं । साउन महिना सुरु भइसकेको छ । यतिबेला धेरै मानिसहरु विशेषगरी महिला र युवती सोमबारको ब्रत बस्छन् । कतिले शिव भगवानलाई खुसी राख्नका लागि महिनाभरीका लागि सात्विक भोजन गर्ने गर्छन् ।धार्मिक मात्रै नभई स्वास्थ्यको हिसावले पनि ब्रत लाभदायक हुने विज्ञहरु बताउँछन् । तपाईंले आस्थाका लागि बस्नुभएको ब्रतले शरीरमा विभिन्न फाइदा पुर्याउँछन् भन्ने कुरा के तपाईंलाई थाहा छ ?

अनुसन्धानमा पत्ता लागे अनुसार जो व्यक्ति कम खान्छन्, उनीहरुको शरीर धेरै समयसम्म फिट रहन्छ । सुरुमा ब्रत बस्दा शरीरले असजिलो महसुस गर्छ तर समयसँगै शरीरलाई भोको पेट बस्ने बानी पर्छ । १२ घण्टासम्म केही नखाने व्यक्तिको शरीरमा अटोफागी नामको सफाई प्रक्रिया सुरु हुन्छ ।

अनावश्यक कोसिकालाई शरीरले सफा गर्न थाल्छ । साउन महिनामा बढी वर्षा हुने हुँदा कीटाणुको संक्रमण पनि चाँडै हुन्छ । त्यसैले माछामासु जस्तो चाँडै संक्रमित हुने खाद्यवस्तु खादैनन् ।

धेरैले यो महिनामा शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् । ब्रत बस्दा जीवन लामो हुनसक्छ किनभने मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ । साथै, ब्रत बस्नेहरु निकै हल्का पनि महसुस गर्छन् । हल्का शरीरले मन पनि हल्का हुन्छ र दिमागले राम्रोसँग काम गर्छ । समग्रमा भन्नुपर्दा ब्रतले सकारात्मक असर पुर्याउने गर्छ ।

यो सिजनमा कहिले अत्याधिक गर्मी हुने त कहिले अत्याधिक झरी पर्ने हुँदा भोकभोकै बसेर व्रत लिनुभन्दा फलफूल तथा जुसहरु खानुपर्छ । फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ ।

यसबाट शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईंको तौल कम हुनसक्छ । अनुसन्धानमा यो पनि प्रमाणित भइसकेको छ कि शर्ट टर्म फास्टिङ अर्थात् केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।

आयुर्वेद अनुसार ब्रत बस्दा शरीरमा जठराग्नी (डाइजेस्टिभ फायर) बढ्ने गर्छ । यसले पाचन बलियो हुन्छ । यसले ग्यासको समस्या पनि भाग्छ ।