१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिपीको महत्व अझै सान्दर्भिक’



अ+ अ-

कलैया । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

३७ बिपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस बिपी स्मृति भवन कलैयामा आज बिपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले खेलेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्नेमा जोड दिनुभयो ।

मधेश आन्दोलनताका बिपीको सालिक आन्दोलनकारीले फुटाएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया, निर्वाचन क्षेत्र नं– २ का सभापति रामप्रवेश यादव, कलैया उपमहानगरपालिकाका काङ्ग्रेस सभापति पुरुषोत्तम सिंह पाण्डे, नेपाल तरुणदलका जिल्ला अध्यक्ष लुकेश सिंह, नेता ईन्द्रासन मण्डल, दिलीप तिमल्सिना, शिवमङ्गल साह, नरेश साह, नेपाल प्रेस यूनियनका केन्द्रीय पार्षद् सिकेन्द्र पासवनाले बिपीको तस्बिरमा माल्याअर्पण गरी उहाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।