१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्टा पठाइदिन्छु भनी लाखाैं ठगी गर्ने भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महागनरपालिका–९ सिनामांगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डे शुक्रबार पक्राउ परेका हुन्। उनलाई प्रहरीले टेकूबाट पक्राउ गरेको हो।

पाण्डेले भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई ठगी गरेका थिए। कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी उनले नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगेको भन्दै प्रालिका संचालक दावा शेर्पाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।