११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

नेपाल भ्रमण स्थगित गरेका मोदी अगष्टमा भुटान जाने

नेपाल भ्रमण स्थगित गरेका मोदी अगष्टमा भुटान जाने
अ अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् ।

यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् । दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ ।

गत महिना, भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गर्नुभएको थियो । यो उहाँको विदेश मन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो ।

उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफ गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यता मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदी नेपाल नआउने भएका छन् ।

स्रोतका अनुसार नेपालमा भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको हो । क्लिन फिड, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षण लगायतका विषय लिएर नेपालमा भारतको आलोचना भइरहेको छ । यस्तो अवस्थामा आउँदा विरोध हुने डरले तत्कालका लागि भ्रमण स्थगित गरिएको बताइएको छ ।

मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पाइपलाइन परियोजनाको उद्घाटन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले बताए ।

यो परियोजनाका लागि नेपाल–भारतबीच २०७२ भदौ ७ गते सम्झौता भएको थियो । सम्झौता भएको तीन वर्षपछि २०७४ चैत २४ गते दिल्लीबाटै मोदी र ओलीले संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्याश गरेका थिए ।

सो पाइप लाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भएको हो । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलो लिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलो लिटर क्षमता भएको दुई गरी चार ट्याङ्कर मर्मत भएको छ । सो पाइपलाइन सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ ।

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रण हुने बताइएको छ ।