१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन



अ+ अ-

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो ।

तर त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामक एक समाचार समितिलाई दिएको अन्तर्वार्तामा बताए ।

आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूठो रहेको बताउँदै उहाँले भन्नुभएको छ– यो एकदमै भ्रामक समाचार हो, कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ ।

उनले भने – त्यो समाचार कम्बोडियाको पूर्णतः विरोधमा छ, त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौँ । हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो ?

प्रधानमन्त्री हुन सेनको भनाई थियो– हामीले यसको कुनै आवश्यकता महसुस गरेका छैनौँ र यस विषयमा चीनका नेताहरुसँग पनि कुरा भएकै छैन ।