११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव – इमरान खान

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव – इमरान खान
अ अ+ अ-

वासिङ्टन । अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री खानले भन्नुभयो– “मलाई कसैले तालिबान खान पनि भने । मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ । म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु ।”

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिबानका प्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले “तालिबान खान”को उपमा दिने गरेका छन् ।

प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइट हाउसमा भेट्दै हुनुहुन्छ । उहाँका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि रहनु भएको छ ।

अफगानिस्तानमा विगत दुई दशकदेखि भिषण गृहयुद्ध जारी छ । युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्ति प्रक्रिया प्रारम्भ भएको छ । अफगानिस्तानी शान्ति प्रक्रियामा पाकिस्तान समेत सहभागी छ ।

गल्फ न्यूजका अनुसार वासिङ्टनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिका निवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए । अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलो पटक सम्बोधन गर्नुभएको हो ।

यहीबीच, पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीले पाकिस्तानले शान्ति र स्थायित्वका लागि सबैसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । उहाँले आतंकवादसँग पाकिस्तानले निरन्तर जुधिरहेको पनि बताउनुभयो ।

अमेरिकाको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री खानले आइतबार विश्व बैंकका अध्यक्ष डेभिड माल्पाससँग वासिङ्टन डिसीमा भेटवार्ता गर्नुभयो ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेसी तथा प्रधानमन्त्री खानका बाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफीज शेख पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।