१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा श्रृंखला खतिवडाकी आमा अध्यक्ष, बाबु इन्चार्ज



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज(सहइन्चार्जको टुंगो लगाएको हो।

नेकपाले इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएसँगै मकवानपुर जिल्लामा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको भुमिका पाएका छन्।

प्रतिनिधि सभा सदस्य समेत रहेका तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज नेता विरोध खतिवडालाई अहिले जिल्ला इन्चार्जको भुमीका तोकिएको छ भने यस अघि प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देललाई जिम्मेवारी तोकीएको थियो ।

खतिवडा र सिग्देल श्रृंखला खतिवडाका आमा र बाबु हुन् ।