११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

म सेटिङ मिलाएर पैसा कमाउन मुख्यमन्त्री बनेको हैन: राई

म सेटिङ मिलाएर पैसा कमाउन मुख्यमन्त्री बनेको  हैन: राई
अ अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घुस प्रकरणमा कर्मचारीहरु पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने बताएका छन् ।

सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उनले भने, ‘म सेटिङ गरेर पैसा कमाउन आएको हैन, जनताको सेवा गर्न आएको हुँ,म भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउछु ।’


मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए ।

उनले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षासमेत गरे ।

‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, मन्त्री राईले भने,यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’

एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको थियो । बैठकमा सञ्चारकर्मीलाई समेत डाकिएको थियो ।

बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको बताए । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उनले बताए ।

कर्मचारीहरु जनताले कर तिरेको पैसावाट नै चल्ने भएकाले जिम्मेबारीका साथ काम गर्न सल्लाह दिए । मुख्यमन्त्री राईले प्रदेश १ का कर्मचारीहरुको गलत प्रवृत्तिको छानबिन गर्ने कार्य मन्त्रालयले शुरु गरेको जानकारी समेत दिए ।

मुख्यमन्त्री राईले कर्मचारीको गलत प्रवृत्तिका कारण अचानक बैठक वोलाउनु परको भन्दै सम्पूर्ण कर्मचारीहरुलाई जनतामा राम्रो सन्देश पुग्ने काम गरेर देखाउन आग्रह समेत गरे ।