११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

बिपीको सपना साकार पार्न सशक्त काँग्रेस आवश्यक– डा महत

बिपीको सपना साकार पार्न सशक्त काँग्रेस आवश्यक– डा महत
अ अ+ अ-


काठमाडौँ । नेपाली काग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विपी कोइरालकाको समाजवादको सपना साकार पार्न नेपाली काँग्रेसको सशक्तता आवश्यक रहेको बताएका छन् ।
विपी स्मृति दिवसका अवसरमा विपी कोइराला स्कुल अफ पब्लिक पोलिसीद्धारा आयोजित सवल लोकतन्त्रका लागि लागि सचेत युवा विषयक बिचार गोष्ठीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले मुलुकले अहिले अरु केही नभएर बलियो काँग्रेस पार्टी खोजेको बताए ।

तर यसको मतलब अहिले पनि काँग्रेस कमजोर छ भनेर नबुझ्न पनि उनले आग्रह गरे । विसं २०१५ सालमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याउँदा पनि नेपाली काँग्रेसले ३८ प्रतिशत मत ल्याएको र अहिलेको पछिल्लो निर्वाचनमा पनि प्रत्यक्षतर्फ ३६ प्रतिशत मत ल्याएर मतका आधारमा काँग्रेस नै देशको पहिलो पार्टी भएको प्रसंग डा.महतले उल्लेख गरे ।


तर अहिले काँग्रेसमा सामुहिकता आवश्यक रहेको उनको भनाई थियो । काँग्रेस मतका आधारमा ठूलो पार्टी छ तर किन कम्युनिष्टहरुले दुइ तिहाई निकटको सरकार बनाएका छन्, यो प्रश्नको जवाफ अब हामी काँग्रेसहरुले आफैसँग खोज्नुपर्ने छ ।


संसारमा कहीँ कतै चुनाव नजितेको कम्युनिजमको नक्कली वाद नेपालमा रहेको र यसका कारण नागरिकमा अधिकारविहीनताको अवस्था छाएको उनको भनाई थियो । उनले भने– विपी कोइराला कम्युनिष्टहरु प्रजातन्त्रवादी नहुने र उनीहरुले सबै शक्ति आफैमा केन्द्रित गरी नागरिकलाई अधिकारविहीन अवस्था राख्ने विचार राख्नुभएको र जुन अहिले देखिएको छ ।


उनले काँग्रेसका कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे । नेपाली काँग्रेसका साथीहरुले यो सरकारको सर्वसत्तावादविरुद्ध लाग्ने बेला भएको छ उनले भने । हामी आफै बलियो छौँ तर पनि काँग्रेसले काँग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने प्रवृत्तिका कारण हामीले मार खाएका छौँ, यो कुरालाई अब बेलैमा मनन् गरौँ, जागरणमा लागौँ र काँग्रेसलाई नयाँ उर्जा दिउँ– उनको भनाई थियो ।


उनले काँग्रेस आफै एक भएर अघि बढ्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउन काँग्रेसलाई कसैले पनि रोक्न नसक्ने जिकीर गरे । कम्युनिष्टका फोस्रा नारा र आश्वासन जनताले भोगिसकेका, देखिसकेका छन् त्यसैले अब काँग्रेसले एक भएर देशलाई नेतृत्व दिन अघि बढ्नुपर्छ, उनले भने ।
डा महतले स्व बिपी कोइरालाले प्रजातन्त्रको स्थापना, राष्ट्रियता र समाजवादका लागि देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।


उनले भने– विपी जस्ता व्यक्ति युग पुरुष भएकोले एक युगमा एकजना मात्र जन्मिन्छन् तर उनीहरुका विचार नै अमर हुने भएकोले हामीले त्यसलाई अनुशरण गरी अघि बढ्नुपर्छ ।
विपी कोइरालाको अभाव पूर्ती गर्नका लागि नेपाली काँग्रेसको सामुहिक बल आवश्यक छ उनले भने । विपीको विचारलाई अघि लाएर कुनै पनि व्यक्ति नभएर पार्टी र विचार ठूलो हो भन्ने आम धारणाका साथ अघि बढ्न सक्यौँ भने यसले विपीप्रति सच्चा सम्मान हुन्छ र नेपाली काँगेस पनि बलियो हुन्छ उनले भने ।


यो मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले निर्वाह गरेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्ने उनको भनाई थियो ।