८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङले लागेर मोरङमा ५० वर्षीय बृद्धाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । चट्याङले लागेर मोरङमा सोमबार एकजनाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार मण्डल घरबाट अन्दाजी दुई सय मिटर पर रहेको खेतमा चट्याङले लागेको हो ।

मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको छ।