११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

राज्यको ढुकुटि प्रदेश ३ सरकारको ‘दुहुनो भैँसी’, एक बर्षमै २० करोडको सवारी साधन खरिद

अ अ+ अ-

हेटौँडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५/०७६ मा प्रदेश सरकारले करीब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको तथ्याङ्क छ ।

प्रदेश ३ का कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा रु सात करोड एक लाख ३५ हजारको सवारी खरीद गरेको थियो । चालू आवमा सबैभन्दा बढी सवारी प्रदेशसभा सचिवालयले खरीद गरेको छ । प्रदेशसभा सचिवालयले रु पाँच करोड ९३ लाख ६१ हजार ७९९ बराबरको सवारी खरीद गरेको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गत रहेका पाँचै वटा समितिका सभापति, प्रमुख सचेतक र मुख्य सचेतकका लागि गरी सात वटा सवारी र १० वटा मोटरसाइकल खरीद गरेको छ ।

यसैगरी सामाजिक विकास मन्त्रालयले रु एक करोड ९८ लाख ३८ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक करोड ९८ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले रु एक करोड ९७ लाख ३७ हजार ७००, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ९८ लाख ९४ हजार तीनसय को सवारी खरिद गरेको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ७७ लाख २२ हजार ५००, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु एक करोड २० लाख ८३ हजार बराबरको सवारी खरीद गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयले रु एक करोड ५९ लाख १२ हजार ३००, नीति तथा योजना आयोगले रु ५८ लाख एक हजार ५००, प्रदेश लेखा नियन्त्रण कार्यालयले रु ६८ लाख २५ हजार २९९ बराबरको सवारी खरीद गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । गत आवमा महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेकोप्रति चिन्ता व्यक्त गरी तत्काल सुधार गरेर अगाडि बढाउन निर्देशन दिएको जनाइएको छ ।

गत आवको तुलनामा संरचना ज्यादै बढेकाले खर्च पनि बढ्नु स्वभाविक भएको प्रतिक्रिया आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यालयले दिएको छ । आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालय तथा कार्यालयले सवारी खरीद गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले बताए । उनले विशेष गरी प्रदेशसभाअन्तर्गत समितिका सभापतिलगायतका लागि सवारी खरीद गर्दा खर्च बढेको बताए । जिल्लागत तहमा सवारी खरीद गरिएको तथ्याङ्क आउने क्रममा रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

राज्यको ढुकुटि प्रदेश ३ सरकारलाई दुहुनो एक बर्षमै २० करोडको सवारी साधन खरिद