११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आयो: मिन विश्वकर्मा

सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आयो: मिन विश्वकर्मा
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ । प्रतिनिधिसभाको नियमावाली छ । यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । सभामुखको भूमिका ढंगले चलेको छैन् । त्यही भएर बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ । त्यही भएर बैठक चलिरहेको छ ।’

सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने,‘अहिले जनताका दैनिक जनजीवनसँग जोडिएका विषयहरु छन्, संसद भनेको साझा थलो हो । छलफल हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं । तर, सरकार जनताप्रति उत्तरदायी देखिएन् ।’ उनले सभामुख महराको निर्णय क्षमतामा नै ह«ास आएको टिप्पणी गरे ।

सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए । उनले भने,‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ । जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् ।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ ।
उनले भने,‘नेपाल डब्लु.टि.ओ.को सदस्य सन् २००४ मा भएको हो । त्यतिबेला नेपालमा खाद्य प्रविधि तथा अध्ययन अनुशन्धान कार्यालय खोलिएका हुन् । अहिले त देशमा १२ वटा निकाय छन् । तर, उहाँले कार्यालय र निकाय छैन भन्नुभयो ।’ उनले नेपालले भिजिट नेपाल–२०२० मनाउन गैरहेको सन्दर्भमा यसरी तरकारीमा विषादी खुवाउने हो भने कसरी पर्यटकहरु नेपाल आउँछन् ? भन्दै प्रश्न गरे ।

त्यतिमात्रै नभएर यही असार २५ गतेको मन्त्रिपरिषद बैठकले विदेशमा ल्याउने सामानको म्याद गुज्रने मितिलाई ८० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको पनि उनले सुनाए । उनले भने,‘डब्लु.टि.ओ.अनुसार विदेशी सामान आयात गर्दा ८० प्रतिशत म्याद गुज्रने मिति हुनुपर्ने थियो, अब त सरकारले त्यसलाई पनि घटाएर ४० प्रतिशतमा झारेको छ । सामान उपभोक्ताको हातमा पुग्दा त म्याद नै गुज्रन्छ ।’

उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए । नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए । उनले भने,‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो ।’

उनले पार्टीको संशोधित नियामावली सर्वसम्मतीले पारित हुने दाबी गरे । उनले भने,‘कृष्ण सिटौलाजी उपस्थिति भएको बैठकले नै विधान पारित भएको हो ।’ उनले पार्टीको आचरण र अनुशासनभित्र के पर्ने ? के नपर्ने ? भन्नेबारे विवाद भएको भन्ने चर्चामाथि टिप्पणी गर्दै भने,‘पद प्राप्त गर्ने रणनीतिअनुसार कुराहरु आएका हुन् । पार्टी अनुशासनअनुसार चल्नुपर्छ ।’ कांग्रेसका भातृसंगठन र शुभेच्छुक संघ–संस्थाहरुले अनुशासन मान्न नहुने भनेर केही साथीहरुले वकालत गरेको सुनाउँदै त्यसलाई उनले हाँस्यस्पदको संज्ञा दिए ।

विश्वकर्माले पार्टीको लेबी र शुल्क लिने विषयमा पनि केही साथीहरुले धेरै भयो भनेर तर्क गरेकोमा नियतमाथिको प्रश्न भएको धारणा राखे । उनले भने,‘कांग्रेस पदाधिकारीले मासिक ६ सय तिर्नुपर्ने कुरा के बढि हुन्छ ? यो त नियतमा प्रश्न हो । यो त पार्टीभित्रको प्रतिपक्षी नियत हो ।’