८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

चितवन । नरायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।