८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा पहिरोमा पुरिदा ६ जनाको मृत्यु



अ+ अ-

गुल्मी । सोमबारदेखी परेको अविरल बर्षाका कारण गुल्मीमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र ४ मा पहिरोका कारण घर पुरिँदा ६ भन्दा बढी अझै बेपत्ता भएका हुन् ।

जिल्ला सदरमुकाम तम्घासबाट बेपत्ताहरूको उद्दारका लागि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् । प्रजिअ खनालका अनुसार पहिरोमा परेर ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामुको मृत्यु भएको हो ।

सोही गाउँपालिकाका वडा नम्बर ४ का ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक,१२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको पनि पहिरोले पुरेर मृत्यु भएको बताइएको छ । सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी पर रहेको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ ।