लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, च्याम्चेमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिकाका अन्दाजी ३२ वर्षका धनबहादुर आचार्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।
उनका अनुसार जीप बुधबार राती ११ बजे खसेको हो । ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल मस्र्याङ्दी नदी किनारामा खसेको थो ।
जीपमा चालक मात्रै रहेको पनि प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक पाण्डेका अनुसार घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकी र जिप्रकाबाट गएको प्रहरी टोली छ ।