८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको ट्रान्सफर रद्द हुन सक्छ: ला लिगा प्रमुख टेबास



अ+ अ-

काठमाडौं । ला लिगा प्रमुख जाभियर टेबासले एन्टोनी ग्रिजम्यानको ट्रान्सफर रद्ध हुनसक्ने बताएका छन्।

एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएकोले उनि पुनः अनुबन्ध रद्ध गरेर फेरि उनलाई मड्रिडमा नै फर्काउन सकिने बताएका हुन् ।

‘एट्लेटिकोले हामीलाई पत्र लेख्दै बार्सिलोनामा ग्रिजम्यानको लाईसेन्सलाई अनुमती दिने वा नदिने हो भनेर सोधेको छ ।’ उनले भनेका छन् । ‘यसलाई प्रक्रियामा राखिएको छ । जसले यसलाई हेरिरहेका छन् । उनीहरु यसलाई समाधान गर्ने उद्वेश्यले आउन आवश्यक छ ।’ उनले थपेका छन् ।एट्लेटिकाले सो प्रक्रिया अघि बढाउन सम्भव रहेको समेत बताएको टेबसले उल्लेख गरेका छन् ।

यसै महिना बार्साले ग्रीजम्यानको रिलिज क्लब १ सय २० मिलियन युरो तिरेर ग्रिजम्यान अनुबन्ध गरेको थियो। तर तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो । जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २–१ गोलले हारेको थियो ।

एट्लेटिकोले सन् २०१७ को डिसेम्बरमा बार्सिलोनाले ग्रिजम्यानका लागि गरेको अवैध प्रस्तावको बिषयमा फिफामा उजुरी समेत दिएको थियो । तर पछिल्लो समरमा ग्रिजम्यानले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेका थिए । तर एट्लेटिकाले बार्साले पुन मार्चमा उनीसंग कुरा गरेको दाबी गर्दै स्पेनिस च्याम्पियनले अनादार गरेको आरोप लगाएको छ ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।