४ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको ट्रान्सफर रद्द हुन सक्छ: ला लिगा प्रमुख टेबास



अ+ अ-

काठमाडौं । ला लिगा प्रमुख जाभियर टेबासले एन्टोनी ग्रिजम्यानको ट्रान्सफर रद्ध हुनसक्ने बताएका छन्।

एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएकोले उनि पुनः अनुबन्ध रद्ध गरेर फेरि उनलाई मड्रिडमा नै फर्काउन सकिने बताएका हुन् ।

‘एट्लेटिकोले हामीलाई पत्र लेख्दै बार्सिलोनामा ग्रिजम्यानको लाईसेन्सलाई अनुमती दिने वा नदिने हो भनेर सोधेको छ ।’ उनले भनेका छन् । ‘यसलाई प्रक्रियामा राखिएको छ । जसले यसलाई हेरिरहेका छन् । उनीहरु यसलाई समाधान गर्ने उद्वेश्यले आउन आवश्यक छ ।’ उनले थपेका छन् ।एट्लेटिकाले सो प्रक्रिया अघि बढाउन सम्भव रहेको समेत बताएको टेबसले उल्लेख गरेका छन् ।

यसै महिना बार्साले ग्रीजम्यानको रिलिज क्लब १ सय २० मिलियन युरो तिरेर ग्रिजम्यान अनुबन्ध गरेको थियो। तर तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो । जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २–१ गोलले हारेको थियो ।

एट्लेटिकोले सन् २०१७ को डिसेम्बरमा बार्सिलोनाले ग्रिजम्यानका लागि गरेको अवैध प्रस्तावको बिषयमा फिफामा उजुरी समेत दिएको थियो । तर पछिल्लो समरमा ग्रिजम्यानले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेका थिए । तर एट्लेटिकाले बार्साले पुन मार्चमा उनीसंग कुरा गरेको दाबी गर्दै स्पेनिस च्याम्पियनले अनादार गरेको आरोप लगाएको छ ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।