८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ट्राफिक कारवाही, ३१ करोड बढी राजश्व संकलन



अ+ अ-

काठमाडौँः ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५-७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो । “ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही स्वरुप जरिवाना लिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

उपत्यकामा रहेका महाशाखाका करिब तीन ट्राफिक प्रहरी युनिटमध्ये महाशाखापछि दरबारमार्गस्थित ट्राफिक प्रहरी पोष्टले सबैभन्दा बढी ३५ हजारको संख्यामा ट्राफिक कारवाही गरी रु दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको पोष्ट इन्चार्ज प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।

महाशाखाले आव २०७४-७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो । महाशाखाले हाल काठमाडौँका ४० कार्यालयबाट उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

महाशाखामा हाल एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।