८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई नेविसंघको प्रश्न– निर्मलाले न्याय कहिले पाउँछिन् ?



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।

हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।

नेविसंघ कार्यकर्ताहरूले निर्मलाका हत्यारा पत्ता लगाउन असमक्षम भएकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उनीहरुको छ ।

पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरू बनेका थिए । तर, हत्याको १ वर्ष गुज्रिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ ।