८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको गाडीमा आगजनी, विप्लवका कार्यकर्तामाथि आशंका



अ+ अ-

कावासोती । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो ।

आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आउनुभएको थियो । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने आशङ्का प्रहरीको छ ।