२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेडएक्सको दावी गलत: चीन



अ+ अ-

बेइजिङ । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।

अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत अन्य उल्लङ्घन गरेका छनकसमेत पत्ता लगाएको जनाइएको छन् ।

चिनियाँ अधिकारीले यस बिषयमा बृहत्, वस्तुनिष्ठ र न्यायिक आधारमा थप गहिराइमा पुग्ने गरी अनुसन्धानलाई निरन्तरता दिने पनि बताएका छन् ।

चासोका बिषयलाई गम्भीररूपमा तोडेको आरोपका आधारमा चीनले अनुसन्धान अघि बढाएको थियो । यसबाट अमेरिकी उक्त कम्पनीले चीनमा एउटा सामान तथा कागजातको शीघ्र ढुवानीका लागि गरेको कानून तथा नियमको वर्खिलाप भएको चिनियाँ अधिकारीको ठहर छ ।