४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले दियो नेपाललाई १८ गन्तव्यमा उडान अनुमति



अ+ अ-

काठमाडौ‌ । नेपाललाई चीन सरकारले १८ वटा गन्तव्यमा उडानका लागी अनुमति दिएको छ । सम्झौतामा नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न पाउने भएको हो ।

चिनले नेपाललाई आफ्ना मुख्य १५ विमानस्थलमा उडान अनुमति दिन तयार भएकाले नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ । बेइजिङमा भएको सम्झौता अनुसार हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान भर्न सक्नेछ भने नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु गर्न सक्नेछ। त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा हस्ताक्षर गरेका थिए ।