८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले दियो नेपाललाई १८ गन्तव्यमा उडान अनुमति



अ+ अ-

काठमाडौ‌ । नेपाललाई चीन सरकारले १८ वटा गन्तव्यमा उडानका लागी अनुमति दिएको छ । सम्झौतामा नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न पाउने भएको हो ।

चिनले नेपाललाई आफ्ना मुख्य १५ विमानस्थलमा उडान अनुमति दिन तयार भएकाले नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ । बेइजिङमा भएको सम्झौता अनुसार हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान भर्न सक्नेछ भने नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु गर्न सक्नेछ। त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा हस्ताक्षर गरेका थिए ।