४ असार २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकार इञ्जिनीयरिङ कम्पनी स्थापना गर्दै



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

‘समायोजनपछि कर्णाली प्रदेशमा जनशक्ति अभाव छ’, प्रवक्ता केसीले भने, ‘अभाव भएको जनशक्ति पूरा गर्न र पूर्वाधार विकास निर्माणमा सहजता ल्याउन यसले सहयोग पुर्याउनेछ ।’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले यस कम्पनीको चुक्ता पूँजी रु एक अर्बको हुने बताउँदै तत्काल संस्थापकले चुक्ता गरेको पूँजी रु ५० करोड हुने बताए ।

‘यो कम्पनी ऐनमा व्यवस्थाअनुसार दर्ता भएर सरकार, निजी क्षेत्र र विज्ञ सम्मिलितको नौ जना सञ्चालक समिति हुनेछ’, प्रमुख सचिव भण्डारीले भने, ‘प्रथम साधारणसभा नभएसम्मका लागि सात सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरिनेछ ।’

मन्त्रिपरिषद्को प्रशासन हेर्ने सचिवको अध्यक्षताका सबै मन्त्रालयको कम्पनीको विषयगत क्षेत्र हेर्न सबै मन्त्रालयको उपसचिव यसको सदस्य रहनेगरी दर्ता तयारीमा रहेको र एक साताभित्र यो कम्पन्न रजिष्टारको कार्यालयमा दर्ता गराइने उनको भनाइ थियो । उनका अनुसार यसको प्रबन्धपत्र र नियमावली तयार गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले चाँडै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताका लागि प्रक्रिया अघि बढाइनेछ ।

इञ्जिनीयरिङ डिजाइनका काम अगाडि बढाउने उद्देश्यले स्थापना हुने यस कम्पनीको आफ्नै संरचना, स्थायी कर्मचारी, विनियमावली हुने जनाउँदै उनले यसको स्थायी कर्मचारी भर्ना नभएसम्म बजारबाट सेवा करारमा लिइने बताए । उनका अनुसार कम्पनीको केन्द्रीय कार्यालय सुर्खेत इत्राममा रहनेछ ।

विपद्पीडितको राहत उद्धारमा सरकार केन्द्रित

कर्णाली प्रदेशका जनतालाई बाढीपहिरोले पुर्याएको असरको सम्बोधन गर्न सरकार केन्द्रित भएर लागेको सरकारका प्रवक्ता केसीले बताएका छन् । सरकारले बिहीबार मन्त्रिपरिषद्को बैठक बसेर तत्काल बाढीपीडितको पक्षको समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

एक साताअघि कर्णाली विपद् व्यवस्थापन परिषदले डोल्पा मुड्केचुला गाउँपालिकालगायत कर्णाली प्रदेशभरि बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई रु एक लाख र घर बगाएकालाई रु तीन लाख दिन गरिएको निर्णयलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उनले बताए ।

मन्त्रिपरिषद् बैठकले अधिकृत एघारौँ तहको प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलियालाई स्वास्थ्य तालीम केन्द्रमा पदस्थापन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबारकै मन्त्रिपरिषद्को निर्णयले जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको प्रशासन केन्द्र परिवर्तनसम्बन्धी विषय मन्त्रिपरिषद् राजनीतिक समितिमा छलफल गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ ।