२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतको सिमा क्षेत्रमा तनावग्रत, एक जनाको मृत्यु, सवारी साधनमा तोडफोड



अ+ अ-

विराटनगर । कच्चा पदार्थ बोकेर आएको भारतिय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि रानी क्षेत्रमा तनावग्रत भएको छ।

भारतिय एन एल ०१ डी ३६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल चालक विराटनगर १५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपछि रानी बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो।

प्रहरीका अनुसार आक्रोशित बनेका स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित २२ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको छन् । भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरु तोडफोड गरिएका हुन्।

तोडफोड गरिएका मध्ये आठवटा नेपाली र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन्।बिहीबार रातिसम्म आन्दोलनका कारण रानी(विराटनगर सडकखण्ड ठप्प बन्यो।