२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका थापाको चितवनमा मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

चितवन । पौडी पोखरी (स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।

काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो । स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।