८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते



अ+ अ-

चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना बिहान ४ः४५ बजे भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम रहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।