८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा सर्पको बिगबिगी



अ+ अ-

नेपालगञ्ज । बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार, सर्पले डसेका दैनिक करीब १० देखि १२ जना अस्पतालमा उपचारका लागि आउने गरेका छन् । यो वर्षको जेठ र असारमा करीब ५०० सर्पले डसेकाहरु सो अस्पतालमा उपचारका आएका छन् । तीमध्ये विषालु सर्पले डसेका नौ जनालाई एन्टिभेनम औषधि लगाएर बचाइएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यो क्षेत्रमा नेपालगञ्जस्थित भेरी अस्पताल र बाँकेको राप्तीसोनारी गाउँपालिकाको शम्शेरगञ्ज र बर्दियाको ठाकुरबाबा नगरपालिकाको सइनवारमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेकाहरुको उपचार हुँदै आएको छ ।
गाउँ–नगर साझेदारी कार्यक्रम पुनः शुरु

नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

विपन्न परिवारलाई व्यावसायिक काममा संलग्न गराउने प्रमुख उद्देश्यका साथ कार्यक्रम लागू भएको हो । उनका अनुसार, नगरका टोलटोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रतिव्यक्ति रु २५ हजारदेखि रु एक लाखसम्म सहुलियत ब्याजदरमा कर्जा प्रवाह हुने गरेको छ ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म २५६ जनालाई रु एक करोड ६९ लाख कर्जा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश नं ५ सरकारले पनि उपमहानगरपालिकालाई सघाएको छ ।