८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा नेपाली विद्यार्थी सवार कार दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूहको स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा कार दुर्घटना भएको छ।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए । सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ भने तीन जना घाइते भएका छन्।

तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताए।

घाइते तीन जना विद्यार्थीहरूमा अस्वीन कँडेलको अवस्था सामान्य रहेको र उनलाई कोमा हस्पिटलबाट डिस्चार्ज गरिएको छ।

नेपाली राजदूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले क्यानबेरा हस्पिटलमा रहेका दुई घाइतेलाई भेटी उनीहरूको अवस्थाका बारेमा जानकारी लिएको बताइन्।

क्यानबेराबाट केही तल रहेको कोमाको मोनारो हाइवेमा भएको सो दुर्घटना भएको विषयमा राजदूतावास बिहानदेखिनै सक्रिय रहेको र नेपाली विद्यार्थीहरूको अवस्थाका बारेमा चिन्तित रहेको सापकोटाले बताइन्।

राजदूतावास प्रहरीको सम्पर्कमा रहेको र दुई जनाको अवस्थाका बारेमा अझै यकिन नआइसकेको अवस्थामा केही भन्न नसकिने सापकोटाले सुनाइन्।