८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प



अ+ अ-

खलङ्गा । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भने, “ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।”

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रजिअ दुर्गा बञ्जाडेले अबरुद्ध बाटोका कारण यात्रुलाई आवत–जावत नगर्न सचेत गराएका छन् । सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हँुदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।