८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर बार एसोसियसनको अध्यक्षमा रवीन्द्र प्रधान निर्वाचित



अ+ अ-

भक्तपुर । नेपाल बार एसोसियसन भक्तपुर जिल्लाको अध्यक्षमा रवीन्द्र प्रधान निर्वाचित भएका छन्।

भक्तपुर बारको शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस समर्थित प्रधानले नेतृत्व गरेको लोकतान्त्रिक समूहले प्यानलै जितेको हो।

निर्वाचनमा कांग्रेससँगै सत्तारुढ नेकपा र नेमकिपा समर्थित कानुन व्यवसायीले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिएका थिए । निर्वाचित प्रधानले ९५ मत ल्याउँदा सत्तारुढ नेकपाका समर्थित रामभक्त सुवालले ४१ र नेपाल मजदुर किसान पार्टी समर्थित राधेश्याम सुवालले १५ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा रामसुन्दर खाइतू ११३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपाका रमेश खनालले ३८ मत प्राप्त गरे।

सचिवमा प्रदीप कार्कीले १०७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी रितबहादुर जमरकट्टेलले ४२ मत प्राप्त गरे । सहसचिवमा गीता तिम्सिना ९६ मतले विजयी हुँदा उनका प्रतिद्वन्द्वी अञ्जना बासुकलाले ५३ मत ल्याइन्।

त्यस्तै कोषाध्यक्षमा सरोजकुमार तुंछेले १०१ मत पाउँदा उनका प्रतिद्वन्द्वी विकास त्वंजूले ५० मत ल्याए।महिला सदस्यमा राधिका गोसाईं र अन्य सदस्यहरूमा कृष्णभक्त श्रेष्ठ, रीता खत्री कार्की, राजाराम खत्री, सुमन श्रेष्ठ, अनिश सुवाल, कल्पना कोजू र शेषांश गिरी निर्वाचित भए।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाका अनुसार पार्षद् शशिचन्द्र मिश्र, हरि राउत, धर्मरत्न खाइतू, देवेन्द्र श्रेष्ठ, कमलराज थापा, प्रियकुमार थापा, सज्जन प्रधान, घनश्याम जोशी र शिवप्रसाद लागे निर्वाचित भएको जानकारी दिए।

उनका अनुसार भक्तपुर बारका एकसय ७० जना सदस्य रहेका छन्।

कांग्रेस र नेकपा समर्थित कानुन व्यवसायीले पाँच पदाधिकारी, एक महिला सदस्य तथा सात खुला सदस्य र नौ पार्षद्को निर्वाचनमा पुरै उम्मेदवारी दिएको थिए।