४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैनः यादव



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।”

यादवले देशको आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गरे ।

अर्को प्रसङ्गमा संविधान अपूरो तथा अधुरो रहेकाले संविधान संशोधनको विकल्प नभएको बताउँदै उनले सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुन सक्ने सङ्केत उनले भने।

बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले सरकारले बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन गरी उपयोग गर्ने नीति बनाउनुपर्ने सल्लाह यादवले दिए । उनले पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्ने बताउँदै समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको बताए ।

संयोजक यादवले पार्टीले राजपाको महाधिवेशन घोषणा गरिसकेको स्पष्ट पार्दै महाधिवेशन सफल बनाउने, पार्टीको सङ्गठन बलियो बनाउने, सिद्धान्त, नीति तथा कार्यक्रम लागू गर्न पार्टी दृढ छ भने ।

संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा राजपाले नेपाली काँग्रेससँग सहकार्य गरी संसद्मा सशक्त भूमिका खेल्ने बताए ।