२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यति एअरलाइन्सले पोखराबाट सीधा उडान भर्ने



अ+ अ-

पोखरा । यति एअरलाइन्सले आफ्नो ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्ज (चार्टरमा मात्र) का लागि उडान सेवा सुरु गर्ने भएको छ ।

साथै, यति एअरलाइन्सले पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थाल्ने भएको छ । यति एअरलाइन्सले आउँदो साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्न लागेको हो ।

त्यसैगरी, पोखराबाटै भरतपुरको उडान भाद्र १५ गतेबाट र ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भाद्र २९ गतेबाट सुरु हुनेछ । यतिले पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गरेको छ ।