काठमाडौं । मुम्बई र त्यस वरपरका क्षेत्रमा मुसलधारे वर्षा हुँदा कयैन क्षेत्र जलमग्न भएको छ । त्यसले विमान सेवासमेत यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ ।
भारी वर्षाको कारण एउटा चलिरहेको रेलनै अघि बढ्न सक्ने अवस्था नरहेपछि लामो समय रेलमा सवार यात्रु अड्किए ।
हजारभन्दा बढी यात्रु सवार महालक्ष्मी एक्सप्रेसको एउटा रेल ठाणे जिल्लाको बदलापुर नजिक फसेको थियो । उल्हास नदीमा पानी बढेको कारण महालक्ष्मी एक्सप्रेस ट्रेन फसेको थियो ।
निक्कै कठिनाइपछि कोल्हापुर जाने १७४१२–महालक्ष्मी एक्सप्रेसमा सवार सबै १०५० यात्रीलाई शनिबार उद्दार गरिएको छ । यो ट्रेन शुक्रबार रात मुम्बईबाट कोल्हापुरको लागि हिडेको थियो तर वंगानीभन्दा अगाडि जान सकेनन ।