७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

सुनसरी । जिल्लामा एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय भीम गुरुङ रहेका छन् ।

गुरुङलाई रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी बालिकालाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पकलीका अनुसार गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको जनाएको छ ।

पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।