४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपालनका लागि प्रदेश सरकारको ६ करोड अनुदान



अ+ अ-

हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ ।

कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पशु अनुदान शीर्षकअन्तर्गत रु ६ करोड ५२ लाख वितरण गरेको जनाएको छ । पशु व्यवसाय विकास तथा विस्तारका लागि मन्त्रालयले प्रदेशअन्तर्गत पर्ने १३ वटै जिल्लाका किसानलाई निश्चित कार्यविधि बनाएर अनुदान रकम वितरण गरेको हो ।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ वटा सहकारीमा रु एक करोड पचास लाख वितरण गरेको जनाएको छ । जसमा चितवनको ७४, मकवानपुर, काभ्रे र ललितपुरको २२÷२२, दोलखाको दुई, धादिङ र नुवाकोटको एक/एक वटा सहकारी छन् ।

मन्त्रालयकी पशु विकास शाखा अधिकृत डा सबिना मिश्रका अनुसार मन्त्रालयले दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भनिए पनि रकम अभावका कारण २५ पैसा मात्रै वितरण गरिएको छ ।

त्यस्तै चितवन, दोलखा र मकवानपुरमा तीनवटा दाना उद्योग सञ्चालनका लागि रु एक करोड ६५ लाख ५४ हजार अनुदान वितरण गरिएको डा मिश्रले बतानुभयो । मन्त्रालयले चितवन, ललितपुर र हेटौँडामा तीनवटा पशु बधशाला निर्माणका लागि पनि बजेट दिएको छ । तीन जिल्लामा बधशालाका लागि रु एक करोड पचास लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रदेशभर १३ वटा पशु बधस्थल निर्माणका लागि रु ८६ लाख ७६ हजार खर्च भएको छ । प्रदेश मन्त्रालयले चितवन र धादिङमा तीन÷तीन, सिन्धुली र दोलखामा एक÷एक तथा ललितपुरमा पाँच पशु बधस्थल निर्माणमा उक्त रकम खर्च भएको जनाइएको छ ।

प्रदेशका तीन वटा जिल्लामा २३ वटा चिलिङ भ्याट खरिद गर्नका लागि एक करोड पचास लाख बजेट पठाएको मन्त्रालयले जनाएको छ । चितवनमा मात्रै १७ वटा चिलिङ भ्याटका लागि रकम दिइएको छ भने ललितपुरमा दुई, मकवानपुर, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरमा एक÷एक वटा चिलिङ भ्याट खरिदमा अनुदान दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २० वटा मिल्क एनलाइजर खरिद गर्नका लागि रु ९८ लाख २७ हजार विभिन्न पाँच वटा जिल्लामा अनुदानस्वरुप रकम वितरण गरेको छ । जसअनुसार चितवनमा १३, मकवानपुरमा तीन, काठमाडौँमा दुई, धादिङ र दोलखामा एक/एक वटा मिल्क एनालाइजर खरिद गरिएको बताइएको छ ।