काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।
बोगटीले भने, ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।’