काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हालै वर्षासँगै आएको बाढी, पहिरो र डुबान भारतका कारण नभएको बताएका छन् । प्रधानमन्त्री ओली भारतलाई गाली नर्गन समेत आग्रह गरेका हुन् ।
आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सांसदहरुको टोलीसँग भेट गर्दै प्रधानमन्त्रीले ओलीले तराई क्षेत्र डुवानमा पर्नुमा हाम्रै कमजोर ब्यवस्थापन प्रणाली भएको बताए । उनले भने, ‘भारतलाई मात्र दोष दिएर हुँदैन, नेपालले पनि बाढी समस्या समाधानका लागि गर्नुपर्ने काम गरेको छैन’।
प्रधानमन्त्री ओलीले आफू निरन्तर भारतीय सरकारको सम्पर्कमा रहेकाले भारतीय पक्षले नेपाली प्रतिनिधिलाई छलफलका लागि बोलाउँदा नगएको भन्ने गुनासो आएको उल्लेख गरे ।