२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्न गएका युवकको मुत्यु



अ+ अ-
सांकेतिक तस्विर

चितवन । पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ ।

यसैबीच गोहीको आक्रमणबाट एक घाइते भएका छन् । चितवनको माडी नगरपालिका–१ रिउखोलामा भैँसी चराउन जाने क्रममा सोमबार दिउँसो ३ः४५ बजे गोहीको आक्रमणबाट माडी नगरपालिका–१ पाण्डवनगर बस्ने २३ वर्षीय सूर्य बोट घाइते भएको प्रहरी प्रवक्ता काइरालाले जानकारी दिनुभयो । घाइतेको अवस्था मध्यम रहेको छ । उनको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।