२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईघाटबाट एक लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट प्रहरीले एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका शिवालय टोलमा भाडामा बस्दै आएका २३ वर्षीय मिलन खतिवडा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासी गर्दा हरियो रंगको प्लाष्टिकको बाटामा र दराजभित्र लुकाई राखेको निट्राभेट १ सय ५७ गोटी, स्पासोस्पोक्छीनभोन १ सय ४४ पत्ता, रेक्सकोफडिएक्स ४ बोतल, नोफिन १० एम्पुल फोनारगन १० एम्पुल र डाईजेलाभ १० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरीले खतिवडाको साथबाट आइफोन १, नोकिया १ मोबाइल, रोशनकुमार कोईरालाको नाममा काटिएको २० हजार, नगद १ हजार ८ सय ७० रुपैयाँ फेला पारेको छ।